प्रतिनिधिसभा विघटनपछिको अवस्थाका बारेमा छलफल गर्दै सभामुख सापकोटा
काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटन भएपछिको अवस्थाका बारेमा पूर्वसभामुखहरूसँग छलफल गर्ने भएका छन्। आज अपरान्ह १ बजेका लागि बोलाएको छलफलमा दमननाथ ढुंगना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, ओनसरी घर्तिमगर, कृष्णबहादुर महरालगायत उपस्थित हुने भएका हुन्। तर सुवास नेम्वाङले भने सभामुख सापकोटासँग अलग भेट्ने जनाएको बुझिएको छ।
प्रतिक्रिया दिनुहोस्