लुम्बिनी प्रदेशका चार सांसदले उपनिर्वाचनमा मतदान गर्न नपाउने
काठमाडौं।लुम्बिनी प्रदेशमा जेठ १७ गते हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टीका चारजना सांसदले मतदान गर्न नपाउने भएका छन्। अदालतको आदेशबाट पुनः सांसद पदमा स्थापित भएका सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीले मतदान गर्न नपाउने भएका हुन्। यद्यपि निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मतदाता नमावलीमा उनीहरुको नाम समावेस गर्ने कि नगर्ने आयोगले निर्णय गर्न बाँकी रहेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस्