इजरायल पुगे अमेरिकी विदेशमन्त्री ब्लिंकन
एजेन्सी। इजरायल र हमासबीच चलेको ११ दिने घातक संघर्षपछि गरिएको युद्धविरामलाई मजबुत पार्ने उद्देश्यले अमेरिकी विदेशमन्त्री मंगलबार इजरायल पुगेका छन्। यात्रा अवधिमा ब्लिंकनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बाससँग भेट गर्ने छन्।हमाससँग भने उनले कुरा नगर्ने बताइएको छ। गत शुक्रबार अमेरिकाका साथै अन्तर्राष्ट्रिय मध्यस्थताबाट हिंसा रोक्न दिइएको दबाबका कारण त्यहाँ युद्धविराम भएको हो।
प्रतिक्रिया दिनुहोस्