कारबाही औचित्यहीन, अनाधिकृतः नेपाल
काठमाडौं।नेता माधवकुमार नेपालले आफूहरुलाई गरिएको कारबाही औचित्यहीन र अनाधिकृत भएको बताएका छन्।एक अपिल जारी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले बिचौलियाको पृष्णपोषण गर्दै एमालेको संगठन निस्तेज पारेको आरोप लगाएका छन्।इमान्दार कार्यकर्ता पंक्तिमाथि दलाल र माफियाहरुले राज गरेको पनि बताएका छन्।“ओली गुटले गरेको कथित कारबाही वा निष्काशन त्यसैको प्रतिरुप हो।उक्त कारबाही औचित्यहीन, अनाधिकारिक र अर्थहीन रहेको कुरा स्पष्ट पार्दछु’,नेपालले लेखेका छन्।
प्रतिक्रिया दिनुहोस्