ओली सरकारलाई बढार्दै कानूनको राज स्थापना गरौंः नेता नेपाल काठमाडौं। नेकपा एमालेबाट निष्काशनमा परेका नेता माधवकुमार नेपालले ओली सरकारको सर्वसत्तावाद र निरकुंशतालाई परास्त गर्दै लोकतन्त्रको रक्षा गर्न अपिल गरेका छन्। एमालेले पार्टीबाट निष्काशन गरेको भोलिपल्ट नेता नेपालले अपिल जारी गर्दै उनले भनेका छन्, ‘अब हामीमाथि कानूनी, राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै कानूनको राज स्थापना गर्ने दायित्व आइपरेको छ।’ उनले कारबाही अर्थहीन र औचित्यहीन भएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्