कारबाहीमा परेका एमाले नेता नेपाल भन्छन्- औचित्यहीन कारबाहीको कुनै अर्थ छैन
काठमाडौं। कारबाहीमा परेका एमाले नेता माधवकुमार नेपालले एमाले स्थायी समितिले गरेको कारबाहीलाई औचित्यहीन, अनाधिकारिक र अर्थहीन भएको बताएका छन्। आज एक अपिल प्रकाशित गर्दै नेपालले भने,"ओलीको एकाधिकार र सर्वसत्तावादले एमालेलाई तहसनहस बनाएका छ। व्यक्तिवादी सोच र स्वार्थ पूरा गर्न सरकारको चरम दुरुपयोग गरेका छन्। प्रतिशोधको भावनाले पार्टी विभाजनमा पुगेको छ। कम्युनिस्ट आन्दोलन जोगाउन कारबाहीको औचित्य छैन।"
प्रतिक्रिया दिनुहोस्