सांसद भन्छन्, ‘जनदबाव र सामग्री अभावको चेपुवामा पर्यौं’
काठमाडौं। नेकपा एमालेका नेता विशाल भट्टराईले अहिले आफूहरु जनदबाव र सामग्री अभाव बीचको चेपुवामा परेको बताएका छन्। उनले जिल्लामा सामान अभाव भएपनि सम्बद्ध निकायले सामग्री समयमा दिन नसक्ने अवस्था निकै दुःखद रहेको बताएका छन्। ‘दुखले जुटाएर सामग्री ल्याउँ प्रचारबाजीमा लागेको आरोप लाग्ने, नल्याउ यो संकटमा कहाँ बेपत्ता भन्ने हुन्छ।’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्।
प्रतिक्रिया दिनुहोस्