माधवकुमार नेपालको उद्घोष- ओलीविरुद्ध राजनीतिक, कानुनी र सडकमा लडाइँ लड्छौं
काठमाडौं। कारबाहीमा परेका एमाले नेता माधवकुमार नेपालले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बढार्न राजनीतिक,कानुनी र सडकमा सशक्त लडाइँ लड्ने बताएका छन्। आज एक अपिल प्रकाशित गरी उनले भने,"प्रतिनिधिसभा खारेज गरेर जनताको अधिकार खोस्ने कार्य गरेको छ। बिचौलियामार्फत सरकार चलाएको र देशलाई द्वन्द्वमा लगेका छन्। यसको सशक्त प्रतिरोध गरिनेछ।" उनले प्रधानमन्त्री ओलीविरुद्ध आन्दोलनमा उत्रिन जनतालाई अपिलसमेत गरेका छन्।
प्रतिक्रिया दिनुहोस्