गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान
पोखरा। गण्डकी प्रदेशको संसद अधिवेशन यही १६ गते दिनको १ बजेका लागि आह्वान भएको छ। आज बसेको प्रदेशको मन्त्री परिषद्को बैठकले संसदको अधिवेशन १६ गते दिउँसो १ बजे बस्नेगरी सिफारिस आह्वानका लागि प्रदेशप्रमुख सीताकुमारी पौडेलसमक्ष पेश गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्