संसदभन्दा बाहिर अदातलबाट राजनीतिक निकास खोजिनु दुःखद : नेता पौडेल
काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक विवाद र समस्या समाधान जनप्रतिनिधिसभा संसदबाट खोज्नुपर्नेमा त्यो नभई अदालतबाट खोज्नुपर्ने परिस्थिति दुःखद भएको बताएका छन्। सभामुख अग्नि सापकोटासँगको छलफलपछि उनले जनताको अस्तित्व संसद भएकाले योमाथि कसैले खेलवाड गर्न नहुने सन्देश आज दिएको बताए। अदालतले संविधानको मर्म र भावनाअनुरुप निकास दिने उनले विश्वास व्यक्ति गरे।
प्रतिक्रिया दिनुहोस्