विपक्षी गठबन्धन निकट पूर्वसभामुखको निष्कर्ष, प्रतिनिधिसभा विघटन असंवैधानिक हो काठमाडौं। पूर्वसभामुखहरुले एकमतका साथ प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गरेका छन्। आज संसद भवनमा सभामुख अग्निप्रसाद सापकोटाले परामर्शका लागि पूर्वसभामुखहरुलाई बोलाएका थिए। छलफलपछि बाहिरिँदै पूर्वसभामुख ओनसरी घर्तीले भनिन्, "हामी एकमतका साथ जनताको संस्था प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक रहेको छ। यसको निन्दा गर्यौं।’ बैठकमा सभामुख सापकोटासहित पूर्वसभामुख रामचन्द्र पौडेल, कृष्णबहादुर महरा र ओनसरी घर्ती सहभागी थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्