विपक्षीको घेराबन्दीले ओलीप्रति सर्वसाधारणको सहानुभूति बढ्यो : शंकर पोखरेल
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रमुख नेताहरुको घेराबन्दीले ओलीप्रति सर्वसाधारणको सहानुभूति बढेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत उनले विपक्षी दलहरु विरोधका नाममा प्रणालीलाई कमजोर बनाउन उद्दत देखिएको आरोप समेत लगाए। “बाहिरका शक्तिहरु जसरी एक ठाउँ उभिएका छन् त्यसले विकल्प र समाधान दिने अपेक्षा र विश्वास आम मानिसको छैन”, उनले भनेका छन्,“प्रमुख नेताहरुको घेराबन्दीले ओलीप्रति सर्वसाधारणको सहानुभूति बढ्यो।”
प्रतिक्रिया दिनुहोस्