महन्थले सोधे उपेन्द्रलाई ७ बुँदे स्पष्टीकरणः देउवाको पक्षमा किन हस्ताक्षर?
काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादवलाई ७ बुँदे स्पष्टीकरण सोधेका छन्। स्पष्टीकरणपत्रमार्फत जेठ ८ र ९ गते स्थगित गरिएको बैठक बोलाएर पार्टी हित विपरीत निर्णय गरेको, कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेको विषयमा समेत स्पष्टीकरण सोधेका छन्। उनको प्रश्न छ,"मेरो जानकारी बेगर अनधिकृत रुपमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बसी लुम्बिनीका चारजना प्रदेशसभा सदस्यलाई किन निष्कासन गर्नुभयो?"
प्रतिक्रिया दिनुहोस्