प्रतिगामी प्रवृत्तिविरुद्ध बुद्धलेझैँ विद्रोह गरौं : अध्यक्ष दाहाल काठमाडाैं।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पुरातनवादी विचार र चेतनाविरुद्ध गौतम बुद्धको विद्रोह जस्तै प्रतिगमनकारी सोच,चिन्तन र प्रवृत्तिविरुद्ध सङ्घर्षमा उत्रिनुको विकल्प नरहेको बताएका छन्।२५६५औं बुद्ध जयन्तीका अवसरमा शुभकामना दिँदै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र पक्षधर अग्रगामी शक्तिहरु एकजुट हुन आह्वान गरेका छन्।बृहद् जनसमुदायको भावना र आकांक्षा विपरीत सानो वर्ग,समूह र झुण्डको स्वार्थ हितले २१औं शताब्दीको विचार,भावना र चेतनालाई दर्शाउन नसक्ने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्