चन्द्रागिरिका नगरप्रमुख गिरीलाई कोरोना सङ्क्रमण काठमाडौं। चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई कोरोना सङ्क्रमण देखिएको छ। नगरप्रमुख गिरीलाई सोमबार हल्का ज्वरोको लक्षण देखिएपछि गरिएको पिसिआर परीक्षणमा मङ्गलबार आएको रिपोर्टमा कोरोना सङ्क्रमण पुष्टि भएको हो। जनताको सेवामा दिनरात खटिँदाखटिँदै नगरप्रमुख गिरीसमेत सङ्क्रमित भएका हुन्। उनी हाल होमआइसोलेशनमा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्