नेपाली कांग्रेसको निर्णय : सरकार र राष्ट्रपतिविरुद्धको लडाईं सशक्त बनाउने काठमाडाैं। नेपाली कांग्रेसले वर्तमान सरकार र राष्ट्रपति विरुद्धको राजनीतिक र कानूनी लडाईं सशक्त बनाउने बताएको छ। आज पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि सहमहामन्त्री प्रकाशशरण महतले आजको बैठकमा कोरोना नियन्त्रण र वर्तमान परिस्थितिका सम्बन्धमा छलफल भएको जानकारी गराए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्