कांग्रेसको आरोप : संंक्रमणको आडमा सरकारले राजनीतिक स्वार्थ सिद्दी गर्न लाग्यो काठमाडौं। नेपाली कांग्रेसले सरकारले संक्रमणको आडमा राजनीतिक स्वार्थ सिद्ध गर्न लागेको आरोप लगाएको छ। आज बसेको पार्टीको पदाधिकारी बैठकले जनताको स्वास्थ्य र दैनिकी सहज बनाउनेभन्दा कठिन बनाउने लागेको ठहर गरेको हो। बैठकपछि सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘कोरोना नियन्त्रणका सम्बन्धमा सार्थक काम गर्न सरकार केन्द्रीत छैन्। संक्रमणको नाममा जनतामा त्रास फैलाएर सत्ता जोगाउन लागिपरेको देखिएकाले पार्टीले गम्भीर ध्यानाकर्षण गराएको छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्