बार एशोसियसनले भन्योः प्रतिनिधिसभा विघटनको निर्णय खारेज गरियोस काठमाडौं।नेपाल बार एशोसिएसनले प्रतिनिधिसभाा विघटन र निर्वाचन घोषणा असंधानिक भएको भन्दै खारेजको माग गरेको छ। बुधवार एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनको प्रक्रिया पूरा नगरी प्रतिनिधिसभा विघटन भएको र यसले संविधानलाई नै संकटमा पारेको उल्लेख गरेको छ। बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि विपक्षी गठबन्धनले गरेको दाबीलाई अनदेखा गर्नु बदनियतपूर्ण रहेको बारको दाबी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्