पूर्वप्रधानमन्त्री नेपालले भने- बुद्धको महत्त्वपूर्ण सन्देश, हेपाहा र कपटीलाई साथी नबनाऊ
काठमाडौं। नेकपा एमालेबाट निष्कासित पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हेपाहा र कपटीलाई साथी नबनाऊ भनेर गौतम बुद्धले दिएको सन्देश महत्त्वपूर्ण रहेको बताएका छन। बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै उनले सही बाटो अवलम्बन गर्दै आफ्नो बाटोमा निरन्तर अघि बढ्नुपर्ने बताए। "बुद्धवाणीमा भनिएजस्तै अहिंसा, शान्ति, सत्यता र सरलता सबैभन्दा महत्त्वपूर्ण दर्शन हुन्," नेपालले भने।
प्रतिक्रिया दिनुहोस्