एमालेले यी सांसदलाई लिखित स्पष्टीकरणका लागि पत्र पठायो
काठमाडौं। नेकपा एमालेले १२ जना नेता तथा सांसदहरुलाई लिखित स्पष्टीकरण पत्र पठाएको छ। गत सोमबार बसेको पार्टीको स्थायी कमिटी बैठकको निर्णयअनुसार आज पत्र पठाएको हो। जसमा घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, दीपकप्रसाद भट्ट, नारायण खतिवडा, मेटमणी चौधरी, यज्ञराज सुनुवार, झपट रावल, भवानीप्रसाद खापुङ रहेका छन्। स्पष्टीकरणका लागि २४ घण्टाको समय तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्