खोप आपूर्तिमा सहयोग गर्न चिनियाँ सरकारलाई उपप्रधानमन्त्री पोखरेलको आग्रह
काठमाडौं। चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका राजनीतिक दलका नेताहरुबीच भर्चुअल छलफल भएको छ। आज दिउँसो भएको छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले खोप, अक्सिजनजस्ता स्वास्थ्यसामग्री उपलब्ध गराएकोमा चिनियाँ सरकारलाई धन्यवाद दिए। खोप आपूर्तिका लागि सहयोग र समन्वयन गर्न उपप्रधानमन्त्री पोखरेलले आग्रह गरे। उनले नेपाल र चीनबीचको मित्रताको स्मरण गर्दै एकता र साझेदारी गरेर मात्र महामारी नियन्त्रण गर्न सकिने धारणा राखेका थिए।
प्रतिक्रिया दिनुहोस्