थप खोप उपलब्ध गराउन चीन सरकारलाई नेताहरुको अनुरोध
काठमाडौं। नेपालको राजनीतिक दलका नेताहरुले चिनियाँ सरकारसमक्ष खोप उपलब्ध गराउन जोड दिएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका राजनीतिक दलका नेताहरुबीच भएको भर्चुअल छलफलमा खोप उपलब्धताका विषयलाई उच्च प्राथमिकता राख्न जोड दिए। कांग्रेस विदेश विभाग प्रमुख नारायण खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव,राप्रपा अध्यक्ष पशुपतिशम्शेर जबरा,नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले खोप उपलब्ध गराएकोमा चीन सरकारलाई धन्यवाद दिँदै थप सहयोगको अपेक्षा राखेका थिए।
प्रतिक्रिया दिनुहोस्