जसपामा आधिकारिकताको लडाइँ, विभाजनमै टुंगिने संकेत काठमाडौं। जसपामा चलिरहेको ‘स्पष्टीकरण युद्ध’ले आधिकारिकताको प्रश्न उब्जिएको छ। वैधानिक रूपमा दुई अध्यक्षात्मक व्यवस्था रहेको जसपामा महन्थ ठाकुर र उपेन्द्र यादवले पछिल्लोपटक एकअर्कालाई स्पष्टीकरण सोधिरहेका छन्। उपेन्द्रनिकट सांसद रामबाबु यादवले आफूहरू आधिकारिक भएको दाबी गर्छन्। यता, महन्थनिकट सांसद प्रमोद साहले दुई अध्यक्षको सहमतिबिना गरिने कुनै निर्णय आधिकारिक नहुने बताउँछन्। दुवै पक्षले आधिकारिकताको आ-आफ्नै तर्क पस्किरहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्