योगेश भट्टराईले छाडेनन् माधव नेपालको साथ
काठमाडौं। देउवालाई प्रधानमन्त्री बनाउन असन्तुष्टि जनाएर हस्ताक्षर गर्न नमानेका एमालेका नेता योगेश भट्टराईले फेरि माधव नेपाललाई साथ दिएका छन्। एमालेबाट निष्कासित नेता माधव नेपालसहित १५ जना स्थायी समिति सदस्यले आज संयुक्त रूपमा जारी गरेको वक्तव्यमा उनी पनि सहभागी छन्। उनी एमाले एकताका लागि धेरैपटक संस्थापन पक्षका नेताहरूसँग वार्ता र संवाद गरेका थिए। अन्ततः उनी फेरि माधव समूहमै फर्किएका छन्।
प्रतिक्रिया दिनुहोस्