विधि र प्रक्रिया मिचेर नागरिक विधेयक अध्यादेशका रूपमा ल्याइयो : राप्रपा काठमाडौँ। नागरिकता विधेयकलाई विधि र प्रक्रिया मिचेर अध्यादेशका रूपमा ल्याइएको राप्रपाले जनाएको छ। आज अध्यक्षत्रयद्वारा हस्ताक्षरित एक विज्ञप्तिमा राप्रपाले नागरिकता विधेयक संसदमा विचाराधीन हुँदा प्रतिनिधिसभा विघटन गरी अध्यादेशका रूपमा ल्याइनु सरकारको बदनियतपूर्ण कार्य भएको जनाइएको छ। संविधानबमोजिम नागरिकतासम्बन्धी प्रावधानलाई संघीय कानुनबमोजिम कार्यान्वयन गर्नुपर्ने व्यवस्था मिचिएको जनाउँदै राप्रपाले सर्वपक्षीय सहमतिबाट यसलाई समाधान गर्न आह्वान गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्