जसपामा अल्पमतमा महन्थ, अलग पार्टी दर्ताको तयारी
काठमाडाैं।विवाद चर्किदै जाँदा जसपा विभाजनको दिशातर्फ उन्मुख भएको छ। पार्टीको कार्यकारिणीमा अल्पमतमा परेपछि महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले अलग पार्टी दर्ता गर्ने तयारी गरेका छन्।राष्ट्रिय जनता पार्टी नेपाल र पञ्जा छाप चिन्ह लिएर अलग पार्टी खोल्ने बारेमा छलफल चलिरहेको एक सांसदले बताए। संघीय संसदका ३५ मध्ये २१ सांसद ठाकुरको पक्षमा देखिए पनि कार्यकारिणीका ५१ सदस्यमध्ये २९ जना उपेन्द्र यादवको पक्षमा छन्।
प्रतिक्रिया दिनुहोस्