सुदूरपश्चिमको पहिलो प्रदेश प्रमुख मल्लको निधन काठमाडाैं। सुदूरपश्चिम प्रदेशको पहिलो प्रदेश प्रमुख बनेका मोहनराज मल्लको आज निधन भएको छ। लामो समय देखि निमोनियाले पीडित मल्ललाई कोभिड देखिएपछि निदान अस्पताल,ललितपुरमा भर्ना गरिएको थियो। उपचारको क्रममा आज बिहान मल्लको निधन भएको हो। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई संघीय संरचना कार्यान्वयन गराउन नियुक्ति गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्