सरकारबाट फिर्ता हुन एमाले सुदूरपश्चिम कमिटीको पत्र काठमाडाैं।नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारमा सहभागी आफ्ना ३ मन्त्रीलाई सरकारबाट फिर्ता हुन पत्र पठाएको छ। अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले तीनै जना मन्त्रीलाई छुट्टाछुट्टै पत्र लेख्दै माओवादी नेतृत्वको सरकारबाट बाहिरिन निर्देशन दिएका हुन्। सुदुरपश्चिम सरकारमा एमालेबाट आन्तरिक मामिला तथा कानुनमा प्रकाशबहादुर शाह,उद्योग पर्यटन वन तथा वातावरणमा माया भट्ट र सामाजिक विकासमा कृष्णराज सुवेदीले नेतृत्व गरिरहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्