एमाले प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता हुन मन्त्रीलाई पत्र पठायो
धनगढी। एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारमा सहभागी आफ्ना ३ मन्त्रीलाई सरकारबाट फिर्ता हुन पत्र पठाएको छ। प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले तीनैजना मन्त्रीलाई छुट्टाछुट्टै पत्र लेख्दै माओवादी नेतृत्वको सरकारबाट बाहिरिन निर्देशन दिएका हुन्।सुदुरपश्चिम सरकारमा एमालेवाटआन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री माया भट्ट र सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी रहेका छन्।
प्रतिक्रिया दिनुहोस्