कांग्रेस सभापति देउवा भन्छन्- प्रधानमन्त्रीले भन्नेवित्तिकै राष्ट्रपतिले संसद विघटनका लागि मान्नुपर्ने थिएन काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले भन्ने वित्तिकै राष्ट्रपतिले मान्नुपर्ने अवस्था नभएको बताएका छन्। नेपाल प्रेस युनियनको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले भने- संसद विघटन संविधानको ठाडो उल्लंघन हो। "संसद विघटनविरुद्ध आफूहरु अदालत गएकाले अदालतले संविधानअनुसार निर्णय दिने विश्वास छ र संविधानमाथिको हस्तक्षेप परास्त गर्दै अघि बढ्ने छौ," देउवाले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्