पुरानै महाधिवेशन प्रतिनिधिमार्फत महाधिवेशन गरौंः पौडेल काठमाडौं। नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पुरानै महाधिवेशन प्रतिनिधिमार्फत भएपनि पार्टीको महाधिवेशन गर्नुपर्ने माग दोहोर्‍याएका छन्। नेपाल प्रेस युनियनको वार्षिक उत्सव कार्यक्रममा उनले समयमै नयाँ केन्द्रीय समितिको चुनाव गर्नु पर्ने बताए। टुङगो लागेको क्रियासिल सदस्यबाट महाधिवेशन प्रतिनिधि टुङग्याउने वा पुरानै प्रतिनिधिबाट चुन्ने व्यवस्था गर्न सकिने उनले बताए। भदौ भित्र महाधिवेशन नगरे संविधान अनुसार पार्टी नै खारेज हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्