सभामुख सापकोटाले भने, कानुन बनाउने संसदको अधिकार खोसियो
काठमाडौं। सभामुख अग्नी सापकोटाले संसद विघटन गरेर अदालतको फैसलाको कार्यान्वयन नभएको बताएका छन्। संविधानविद र कानुनव्यवसायीहरुसँगको छलफलमा सभामुख सापकोटाले अध्यादेश ल्याएर कानुन बनाउने प्रतिनिधिसभाको अधिकार हनन् भएको बताए। "कानुन बनाउने प्रतिनिधिसभाको अधिकार हनन् गरियो, त्यो अधिकारलाई राष्ट्रपति कार्यालयमा खिचियो," उनले भने।
प्रतिक्रिया दिनुहोस्