एमाले नेतृ निरुदेवी पालद्वारा सवारी साधन फिर्ता
काठमाडौं। तत्कालिन प्रतिनिधिसभा,महिला तथा सामाजिक समिति सभापति निरुदेवी पालले आफूले सभापतिको हैसियतले प्रयोग गर्दै आउनुभएको सवारी साधन आज फिर्ता गर्नुभएको छ।संघीय संसद् सचिवालयले महिला तथा सामाजिक समिति सभापतिका हैसियतले उपलब्ध गराएको गाडी आज सकुसल सवारी शाखामा बुझाएकी हुन्। "प्रतिनिधिसभा विघटन भइसकेको छ। समितिको सभापतिको हैसियतले मैले प्रयोग गर्दै आएको सवारी साधन आज फिर्ता गरेको छु," उनले भने।
प्रतिक्रिया दिनुहोस्