कांग्रेस सभापति देउवा भन्छन्- दूरगामी प्रकृतिका निर्णयहरु नलिन सरकारलाई खबरदारी गर्दछु
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार संविधानको मूल मर्म र भावना विपरीत सत्तामा रहेको बताएका छन्। संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णयहरु लिइरहेको आरोपसमेत उनले लगाएका छन्। "न्यायपालिकामा मुद्दा विचाराधीन रहेको अवस्थामा कुनै पनि दूरगामी प्रकृतिका निर्णयहरु नलिन र कार्यान्वयन नगर्न म सरकारलाई खबरदारी गर्दछु," देउवाद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया दिनुहोस्