राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य उपनिर्वाचनको परिणाम पेश काठमाडौं। निर्वाचन आयोगलले यही जेठ ६ गते बागमती प्रदेशमा सम्पन्न अन्य समूह तर्फको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ। प्रतिवेदन आयोगको जेठ ११ गतेको निर्णयबाट स्वीकृत गरी राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम पेश गरिएको हो। निर्वाचनमा स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा निर्वाचित भएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्