निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई खोप खरिद गर्न मिल्ने बनाउन माग पोखरा। गण्डकी प्रदेशसभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई खोप खरिद गर्न मिल्ने बनाउनुपर्ने बताएका छन्। प्रदेशको अर्थ मन्त्रालयद्वारा आज आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमाको सन्दर्भमा आयोजित भर्चुअल बैठकमा उनले सबैभन्दा पहिले जनता बचाउनुपर्ने भएकाले बजेटको ५० प्रतिशत स्वास्थ्यको क्षेत्रमा विनियोजन गर्नुपर्ने सुझाव दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्