प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजदेखि संवैधानिक इजलासमा सुनुवाइ
काठमाडौं ।प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आजबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु हुँदैछ। प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासले विघटन विरुद्ध परेका १९ वटा रिटलाई बिहीबार संवैधानिक इजलासमा पठाउने आदेश दिएको थियो। संवैधानिक इजलासमा पठाएका १९ र संवैधानिक इजलासमा सुनुवाइको माग गरेर दर्ता गरिएका ११ वटा रिटमाथि सुनुवाई हुनेछ। संवैधानिक इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिने की नदिने भन्नेबारे निर्णय गर्नेछ।
प्रतिक्रिया दिनुहोस्