संवैधानिक इजलासमा को को न्यायाधीस पर्लान? काठमाडौं।प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आजदेखि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ। संविधानको धारा १३७ मा संवैधानिक इजलास गठनको व्यवस्था छ।जसमा पाँच जना न्यायाधीश हुन्छन्। न्यायपरिषद्को सिफारिसमा तयार पारिएको १३ जना न्यायाधीशको रोष्टरबाट प्रधानन्यायाधीससहित ५ जना इजलासमा रहनेछन्। संवैधानिक इजलासको रोष्टरमा राणासहित न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की,विश्वम्भर श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई,अनिल सिन्हा,प्रकाशसिंह राउत,सपना प्रधान मल्ल,तेजबहादुर केसी,बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्