कांग्रेस सभापति देउवाले भने, डाक्टरलाई आक्रमण गर्नेलाई कडा कारबाही होस्
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य भएको बताएका छन्। देउवाले शुक्रबार बिहान ट्वीट गर्दै भनेका छन्, "यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटेका छन्। स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दछु।"
प्रतिक्रिया दिनुहोस्