प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथि सुनुवाइ सुरु काठमाडाैं। प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणाको नेतृत्वमा गठित संवैधानिक इजलासमा आजबाट सुनुवाइ सुरु भएको हो। प्रधानन्याधीश राणाले वरिष्ठ न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेको इजलास गठन गरेका छन्। रिटकर्ताबाट बहस सुरू भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्