विवेकशील साझाले भन्यो, स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारबाही होस काठमाडौं। बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालका फ्रन्टलाइनर स्वास्थ्यकर्मीहरूमाथि भएको भौतिक आक्रमणप्रति विवेकशील साझा युवा संगठनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। "कार्यक्षेत्रभित्र जिम्मेवार स्वास्थ्यकर्मीमाथि अभद्र भीड पुगेर आक्रमणसमेत गर्दा माथिल्लो तलाबाट हाम फालेर ज्यान जोगाउनुपरेको घटनालाई सामान्य रूपमा लिन सकिँदैन। हामी यस आक्रमणको घोर भर्त्सना गर्न चाहन्छौं,"सगठनले विज्ञप्तिमा भनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्