भेरी अस्पताल घटनाको निष्पक्ष छानविन र दोषिमाथि कारबाही हुन्छ : पोखरेल
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बाँकेको भेरी अस्पतालमा भएको घटनाको छानविन र दोषिमाथि कारबाही हुने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको र निष्पक्ष छानविनसहित दोषीलाई कारबाही हुने बताएका हुन्। एक कोरोना संक्रमितको मृत्युपछि अस्पतालमा डाक्टर र नर्समाथि भएको आक्रमणको चौतर्फी विरोध भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्