पाकिस्तानले काश्मिर मुद्दा राष्ट्रसंघमा अझ जोडदार रुपमा उठाउनु पर्छ : महासभा अध्यक्ष
एजेन्सी।संयुक्त राष्ट्रसंघको महासभा (युएनजीए)का अध्यक्ष वोल्कन बोजकिरले काश्मिरको तुलना प्यालेस्टाइनसँग गरेका छन्।उनले काश्मिर मुद्दालाई अझ जोडदार रुपमा राष्ट्रसंघमा उठाउन पाकिस्तानलाई आग्रह गरेका छन्। इस्लामावादमा पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीसँगको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले काश्मिर मुद्दा उठाउने पाकिस्तानको कर्तव्य भएको बताए।उनले काश्मिर विवाद समाधान गर्न राजनीतिक इच्छाशक्तिको कमी भएको जनाए। काश्मिर र प्यालेस्टाइन मुद्दा एकै समयको भएको उनले बताए।
प्रतिक्रिया दिनुहोस्