नेपाली जमिन फिर्ताबारे भारतसँग वार्ता भइरहेको छ : प्रधानमन्त्री ओली काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली पूर्वको जमिन नेपालको जमिन भएकाले सो जमिन फिर्ता ल्याउनेबारे भारतसँग गम्भीरताका साथ कुराकानी भइरहेको बताएका छन्। बिहीबार बालुवाटारमा नेपालमा रहेका अन्तर्राष्ट्रिय मिडियाका संवाददाताहरुसँगको अन्तरक्र्रियामा प्रधानमन्त्रीले वर्षौदेखि नेपालको भूमि भारतले प्रयोग गर्दै आएकाले फिर्ता ल्याउनका लागि समय लाग्ने बताए। सो जमिनलाई राजनीतिक र प्रशासनिक नक्सामा सामेल गरी संविधानको अनुसूचिमा पनि राखिसकेको उनले उल्लेख गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्