स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेमाथि कारबाही गर्न राप्रपा अध्यक्ष राणाको माग
काठमाडौं । राप्रपाका अध्यक्ष पशुपति शसशेर जबराले महामारीमा अहोरात्र खट्ने स्वास्थ्यकर्मीमाथि आक्रमण भएकोमा चिन्ता प्रकट गरेका छन्। उनले स्वास्थ्यकर्मीमाथि भेरी अस्पतालमा भएको आक्रमणको छानबिन गरी दोषीमाथि कारबाही गर्न अध्यक्ष राणाले माग गरेका छन्।‘भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथिको आक्रमण सम्पूर्ण समाजका लागि चिन्ताको विषय हो। संकटको घडीमा संयम कायम राख्दै अग्रपंक्तिमा अहोरात्र खट्ने स्वास्थ्यकर्मीलाई सहयोग गर्न, उत्साह राख्न अपिल गर्दछु’, अध्यक्ष राणाले भने।
प्रतिक्रिया दिनुहोस्