स्वास्थकर्मीमाथिको आक्रमणप्रति राष्ट्रपतिद्वारा खेद व्यक्त
काठमाडौं। राष्ट्रपति विद्यादेवि भण्डारीले भेरी अस्पलतामा भएको घटनाप्रति दुःख व्यक्त गरेकी छिन्। सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेकी छिन्,"आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्ब्यवहार हुनु खेदजनक छ। दुःख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ। यस विषम परिस्थिततिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझाँ दायित्व हो।"
प्रतिक्रिया दिनुहोस्