स्वास्थ्यकर्मीमाथि आक्रमण हुनु र सुरक्षाको प्रत्याभूति नहुनु खेदजनक : डा. भट्टराई
काठमाडौं। पूर्व प्रधानमन्त्री तथा जनता समाजवाद पार्टी, नेपालका नेता डा. बाबुराम भट्टराईले बिहीबार भेरी अस्पतालका डाक्टर र नर्समाथि आक्रमण भएको घटनाप्रति खेद प्रकट गरेका छन्। “कोरोना नियन्त्रणमा अग्रपंक्तिमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मीमाथि आक्रमण हुनु र सुरक्षाको प्रत्याभूति नहुनु खेदजनक छ। घटनाको छानविन, दोषीउपर कार्वाही र फेरि घटना हुन नदिन सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्छ”, उनले ट्वीटरमा लेखेका छन्।
प्रतिक्रिया दिनुहोस्