वरिष्ठ अधिवक्ताहरुले कानुन व्यवसायीको आचारसंहिता उल्लंघन गरेकाले कारबाहीको माग
काठमाडौं। वरिष्ठ अधिवक्ता शम्भु थापा, रमणकुमार श्रेष्ठ, मुक्ति प्रधान, टिकाराम भट्टराई, गोविन्द बन्दी लगायतमाथि कानुन व्यवसायीको आचारसंहिता लागू हुने भन्दै इजलासमै उनीहरूमाथि कारबाहीको माग गरिएको छ। इजलासमा विवाद चलिरहेकै बेला उठेका महान्यायाधिवक्ता रमेश बडालले कानुन व्यवसायी आचारसंहिताविपरीत वरिष्ठ अधिवक्ताहरूले सभामुखलाई कानुनी सल्लाह दिएको विषय प्रवेश गराएका हुन्। संवैधानिक इजलासमा बमकुमार श्रेष्ठलाई राखिएकोमा वरिष्ठ अधिवक्ताहरूले आपत्ति जनाएका थिए।
प्रतिक्रिया दिनुहोस्