केही व्यक्तिको कुण्ठा र स्वार्थले संसदलाई अकर्मन्यता बनायोः प्रधानमन्त्री काठमाडौं। प्रधानमनन्त्री केपी शर्मा ओलीले केही व्यक्तिको कुण्ठा र स्वार्थले संसदलाई अकर्मन्यता बनाएको बताएका छन्। राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदबाटै राजनीतिक स्थायित्व सुनिश्चित गर्ने ,लोकतन्त्रलाई सुदृढ गर्ने र सरकारले एकाग्र रुपमा कामगर्ने तयारी गरेपनि त्यसो हुन नसकेको बताए। पूर्ण अवधि संसद सञ्चालन गर्ने र राजनीतिक स्थायित्व खोज्ने प्रयास भएपनि सम्भव नभएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्