स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई हदैसम्मको कारबाही गर्न उपप्रधानमन्त्री पोखरेलको निर्देशन
काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले बाँकेका सिडियो शिवराम गेलाललाई आज टेलिफोन गरी नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारको घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिएका छन्। महामारीको बेला जनताको जीवनरक्षामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण गम्भीर अपराध र अमानवीय भएको बताउँदै उपप्रधानमन्त्रीले स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन निर्देशन पनि दिए।
प्रतिक्रिया दिनुहोस्